• Monday 5th of October 2026

पोखरा विमानस्थल भ्रष्टाचार मुद्दामा पूर्वअर्थमन्त्री कार्कीलाई १५ लाख धरौटी


  • धनकुटा खबर
  • .

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी भ्रष्टाचार मुद्दामा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले १५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने भएको छ ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश नारायणप्रसाद पौडेल तथा सदस्य न्यायाधीशहरू डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले बयानपछि कार्कीसँग १५ लाख रुपैयाँ धरौटी माग गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्कीविरुद्ध ३ अर्ब ६२ करोड ५ लाख रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरेको थियो । ठेकेदार कम्पनीलाई गैरकानुनी रूपमा कर छुट दिएको आरोपमा आयोगले गत वैशाख २४ गते १३ व्यक्ति र ठेकेदार कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

मुद्दा दायर भएको करिब चार महिनापछि कार्की सोमबार विशेष अदालतमा उपस्थित भएका थिए । बयानपछि अदालतले उनलाई १५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖