• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

भारतीय क्रिकेटर सौरभ गांगुलीलाई ज्यान मार्ने धम्की, प्रहरीमा दर्ता भयो उजुरी


  • धनकुटा खबर
  • .

नयाँ दिल्ली, २६ साउन । भारतीय टोलीका पूर्वकप्तान तथा बीसीसीआईका पूर्वअध्यक्ष सौरभ गांगुलीलाई ज्यान मार्ने धम्की आएको छ।

 

हुलाक कुरियरमार्फत पठाइएको धम्कीपूर्ण पत्रमा सौरभ, उनकी पत्नी डोना गांगुली र उनका कर्मचारीहरूलाई ज्यान मार्ने धम्की दिइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन । 

 

गांगुली परिवारले यस सम्बन्धमा कोलकाताको ठाकुर पुकुर प्रहरी चौकीमा उजुरी दर्ता गराएको छ। प्रहरीका अनुसार सोमबार क्रिकेट एसोसिएसन अफ बंगालको कार्यालयमा एउटा कुरियर प्याकेट आइपुगेको थियो । त्यसभित्र अंग्रेजीमा लेखिएका दुईवटा पत्रहरू फेला परेका थिए । ती पत्रहरूमा अत्यन्तै आक्रामक र हिंसात्मक भाषा प्रयोग गरिएको थियो।

 

गांगुली परिवारले विगत ६ महिनादेखि लगातार यस्ता पत्रहरू पाइरहेको थियो। सुरुमा, परिवारले ती पत्रहरूलाई कुनै सनकी प्रशंसक वा व्यक्तिगत गुनासो बोकेको व्यक्तिको काम ठानेर बेवास्ता गरेको थियो तर अहिले भने बिषयलाई गम्भिरतापुर्वक लिदैँ प्रहरीमा उजुरी दर्ता गरिएको हो ।

गांगुली सन् २०१९ मा बीसीसीआईका अध्यक्ष बनेका थिए । उनले सन् २०२२ मा उक्त पदबाट राजीनामा दिनुपरेको थियो। उनको स्थानमा सन् १९८३ को विश्वकप विजेता टोलीका सदस्य रोजर बिन्नीलाई नयाँ अध्यक्षका रूपमा नियुक्त गरिएको थियो ।

 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖