काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै भव्य स्वागत गर्ने तयारी गरिएको छ।
कांग्रेसको संस्थापन इतरपक्षले साउन २८ गते काठमाडौं आइपुग्ने देउवाको स्वागतका लागि ठूलो संख्यामा नेता–कार्यकर्ता विमानस्थलमा उतार्ने तयारी गरेको हो।
स्रोतका अनुसार देउवाको स्वागतमा करिब ५ हजार नेता–कार्यकर्ता सहभागी हुने र विमानस्थलबाट धुम्बाराहीस्थित निवाससम्म स्कर्टिङ गर्ने तयारी छ।
देउवा स्वदेश फर्किने कार्यक्रमलाई लक्षित गर्दै संस्थापन इतरपक्षका नेताहरूले आन्तरिक समन्वयसमेत तीव्र बनाएका छन्। स्वागत कार्यक्रममा कांग्रेसका विभिन्न तहका नेता तथा कार्यकर्ताको सहभागिता रहने बताइएको छ।
