• Monday 5th of October 2026

विमानस्थलमा थुप्रै सुरक्षाकर्मी तैनाथ : देउवाको सुरक्षामा की पक्राउको तयारी ?


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा करिब साढे पाँच महिनापछि केहीबेरमै स्वदेश फर्किँदै छन्। देउवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न लागेसँगै विमानस्थल क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

विमानस्थलका विभिन्न गेट तथा आसपासका क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रहरी उच्च स्रोतका अनुसार देउवालाई पक्राउ गर्ने कुनै तयारी छैन। कांग्रेस संस्थापनइतर पक्षले देउवाको भव्य स्वागतको तयारी गरेकाले सुरक्षा व्यवस्थाका लागि प्रहरी परिचालन गरिएको स्रोतले जनाएको छ।

यसैबीच, देउवालाई स्वागत गर्न कांग्रेस संस्थापनइतर पक्षका शीर्ष नेताहरू पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्। राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा देउवाको स्वागत गर्ने तयारी गरिएको छ।

इतर पक्षका अनुसार देउवाको स्वागतमा करिब ५ देखि ७ हजार नेता–कार्यकर्ता सहभागी हुनेछन्। विमानस्थलको गोल्डेन गेटअगाडिको खाली स्थान, नमस्ते गेटअगाडिको क्षेत्र तथा तिलगंगा आँखा अस्पतालअगाडिको क्षेत्रमा नेता–कार्यकर्ता भेला हुने तयारी गरिएको छ।

देउवालाई बाजागाजा तथा विभिन्न झाँकीसहित स्वागत गर्ने कार्यक्रम रहेको बताइएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖