• Monday 5th of October 2026

पत्रकार किशोर श्रेष्ठलाई सरकारी वकिलको कार्यालय लगियो


  • धनकुटा खबर
  • .

काठमाडौँ । जनआस्थाका प्रधान सम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराउनुअघि बिहीबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा लगेको छ।

श्रेष्ठलाई बुधबार ललितपुरको बागडोलबाट प्रहरीले पक्राउ गरेको थियो।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंमा श्रेष्ठविरुद्ध वैयक्तिक गोपनीयता ऐनसम्बन्धी कसुरमा जाहेरी दर्ता भएको छ। सोही जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको हो।

गत साउन २५ गते जनआस्था डटकममा सप्तरी क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद अमरकान्त चौधरीसँग सम्बन्धित सामग्री प्रकाशित भएको थियो। उक्त सामग्रीमा नाम जोडिएकी एक युवतीले प्रहरीमा जाहेरी दिएपछि श्रेष्ठमाथि कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

श्रेष्ठलाई अनुसन्धानका लागि हिरासतमा राख्न म्याद थप गर्न अदालतमा उपस्थित गराउने तयारी गरिएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖