• Monday 5th of October 2026

आफ्नै छुद्र बोलीको फन्दामा पर्दै रास्वपा सांसद खगेन्द्र सुनार


  • धनकुटा खबर
  • .

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले उजुरीकै आधारमा कसैलाई दोषी करार गर्न नमिल्ने बताएका छन्।

प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै गृहमन्त्री गुरुङले कसैले आरोप लगाउँदैमा आफू न्यायाधीश बनेर कसैलाई दोषी ठहर गर्न नमिल्ने बताएका हुन्।

उनको भनाइ सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारको अभिव्यक्तिप्रति लक्षित थियो। सांसद सुनारले सार्वजनिक लेखा समितिको बैठकमा प्रहरीको पोसाक खरिद प्रकरणमा अनियमितता भएको दाबी गर्दै नेपाल प्रहरीका आइजीपीमाथि छानबिन गर्न माग गरेका थिए।

गृहमन्त्री गुरुङले उक्त अभिव्यक्तिप्रति आफ्नो ध्यानाकर्षण भएको बताए।

‘कसैलाई एउटा उजुरीको भरमा हामी न्यायाधीश बन्न मिल्दैन। आरोप कसैले जे लगाउन पनि सक्यो भन्दैमा कसैको चरित्र हत्या गर्न पाइँदैन। त्यसमा गृह मन्त्रालयकै ध्यानाकर्षण भएको छ,’ उनले भने।

गृहमन्त्री गुरुङले आरोप पुष्टि नभएसम्म कसैलाई पनि दोषी करार गर्न नमिल्ने स्पष्ट पारे।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖