काठमाडौं । प्रधानमन्त्री बालेन शाहसँग आगामी भदौ १० गते प्रतिनिधिसभामा प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ।
सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि समय निर्धारण गरेका हुन्। प्रश्न सोध्न इच्छुक सांसदहरूले भदौ ५ गतेभित्र सभाका सचिवसमक्ष प्रश्न दर्ता गराइसक्नुपर्नेछ।
प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा १५ जना सांसदले प्रश्न सोध्न पाउने व्यवस्था गरिएको छ। प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ वटा दलका तर्फबाट एक–एक जना सांसद सहभागी हुनेछन् भने बाँकी ८ जना सांसद दलको हैसियतका आधारमा छनोट गरिनेछन्।
यसअनुसार सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तुलनात्मक रूपमा बढी सांसदले प्रधानमन्त्रीसँग प्रश्न गर्ने अवसर पाउनेछन्।
यसअघि सोमबार नै सभामुख अर्यालले सदनमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाहलाई रुलिङ गरेका थिए।
