काठमाडौ । प्रधानमन्त्री बालेन शाहले जनकवि दुर्गालाल श्रेष्ठको निधनप्रति सामाजिक सञ्जालमार्फत भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।
उनले जनकवि श्रेष्ठका कालजयी सिर्जना, विचार र उहाँले देखाउनुभएको मार्ग सधैँ जीवित रहने उल्लेख गर्दै श्रद्धाञ्जली दिएका हुन्।
लेखेका छन् –
सय थरी बाजा एउटै ताल,
सय थरी गोडा एउटै चाल।
मेची–काली सिँगै ढिको,
साझा हाम्रो ज्यान नेपाल।
फुलको आँखामा फुलै संसार।
जनकवि दुर्गालाल श्रेष्ठज्यू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।
भौतिक रूपमा उहाँ हामीमाझ नरहे पनि उहाँले देखाउनुभएको बाटो, उहाँका सिर्जना र विचारहरू सधैँ हामीमाझ जीवित रहनेछन्।
उहाँले देखाउनुभएको मार्गमा हामी निरन्तर हिँडिरहनेछौँ।
हार्दिक श्रद्धाञ्जली! 🙏🌹
