• Monday 5th of October 2026

आशिका तामाङले गरिन् प्रतिनिधि सभा बैठक बहिस्कार


  • धनकुटा खबर
  • .

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले परराष्ट्रमन्त्री शिशिर खनालको जवाफप्रति असन्तुष्टि जनाउँदै प्रतिनिधि सभाको बैठक बहिष्कार गरेकी छन्।

कम्बोडियामा निधन भएका धादिङका सन्तोष राईको शव नेपाल ल्याउने विषयमा मंगलबार परराष्ट्रमन्त्री खनालले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै तामाङ बैठकबाट बाहिरिएकी हुन्। थप प्रश्न सोध्न नदिइएको भन्दै उनले आपत्तिसमेत जनाइन्।

सांसद तामाङले राईको मृत्यु भएको ३७ दिन बितिसक्दा पनि शव नेपाल ल्याउन सरकारले गम्भीरता नदेखाएको आरोप लगाइन्। अर्थ मन्त्रालयले बजेट विनियोजन गरे पनि परराष्ट्र मन्त्रालयले आवश्यक कार्यविधि नबनाउँदा प्रक्रिया रोकिएको उनको दाबी छ।

उनले संसद्मा उभिएरै सरकारको ध्यानाकर्षण गराउँदै भनिन्, ‘परराष्ट्रले कार्यविधि नबनाउँदा आफन्तले लासको आश मारिसके। सरकारले कि यिनीहरू नेपाली नागरिक होइनन् भन्नुपर्‍यो, नत्र जवाफ नआउन्जेल म उभिइरहन्छु।’

मन्त्रीको जवाफपछि पनि आफ्नो प्रश्नको उचित सम्बोधन नभएको भन्दै तामाङ बैठक कक्षबाट बाहिरिएकी हुन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖