• Monday 5th of October 2026

अघि बढ्यो गगन थापा, सार्वजनिक गरे १५औँ महाधिवेशनको निर्वाचन तालिका


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन पूर्वनिर्धारित मितिमै हुने भएको छ। जसअन्तर्गत वडा अधिवेशन भदौ २४ देखि सुरु हुने भएको हो ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले आज एक विज्ञप्ति जारी गरी १५औँ महाधिवेशनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेका हुन् ।

निर्वाचन समितिका अनुसार भदौ २ देखि १० गतेसम्म निर्वाचन प्रतिनिधि अभिमुखीकरण, भदौ ११ गते जिल्ल्लामा निर्वाचन अधिकृत खटाउने, भदौ १५ गते वडामा निर्वाचन प्रतिनिधि खटाउने, भदौ १६ देखि २० गतेसम्म वडामा अभिमुखीकरण तालिम, भदौ मसान्तभित्र बाँकी रहेका जनसम्पर्क समितिको अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तोकिएको छ ।

भदौ २४ गते छ हजार ७४३ वटै वडामा अधिवेशन, भदौ २७ गते गाउँरनगरपालिका अधिवेशन, भदौ ३१ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन, असोज ३ गते एकमात्र क्षेत्र भएको जिल्ला अधिवेशन, असोज ७ गते जिल्ला अधिवेशन, असोज १० गते प्रदेश अधिवेशन र असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गरिने कार्यतालिका रहेको छ ।

निर्वाचन समितिका अनुसार हालसम्म अमेरिका, जापान, फ्रान्स, दक्षिण कोरियालगायत १५ वटा देशका जनसम्पर्क समितिको अधिवेशन सम्पन्न भइसकेका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖