• Monday 5th of October 2026

भोट फिर्ताबारे गृहमन्त्रीले भने– आफ्ना मतदातासँग जोक गर्न हुँदैन त ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले केही दिनअघि आफ्नो निर्वाचन क्षेत्र गोरखा–१ का मतदातालाई भोट फिर्ता लैजानोस् भन्ने अभिव्यक्तिलाई जोक गरेको बताएका छन् ।

बुधबार पार्टी सभापति रवि लामिछानेले बोलाएको बैठकमा सहभागी भएर निस्कने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नको उत्तर दिँदै मतदातासँग जोक गरेको बताएका हुन् ।

‘आफ्नो भोटरसँग जोक गर्न हुँदैन त ?’, सञ्चारकर्मीसँग झोक्किँदै गुरुङले भने ।

केही दिनअघि निर्वाचन क्षेत्रका जनताका समस्या बुझ्ने क्रममा उनले निर्वाचनको बेला वाचा गरेको स्वास्थ्य सामाग्री उपलब्ध नभएकोप्रति मतदाताहरूले गुनासो गरेका थिए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖