काठमाडौँ । प्रतिनिधिसभाको आज दिउँसो १ बजेका लागि निर्धारित बैठक अझै सुरु हुन सकेको छैन।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक बिहानदेखि जारी रहेकाले प्रतिनिधिसभाको बैठक प्रभावित भएको संघीय संसद् सचिवालयले जनाएको छ।
संसद् नियमावलीअनुसार निर्धारित समयभन्दा दुई घण्टाभन्दा बढी ढिला भएमा बैठकको नयाँ समयतालिका सार्वजनिक गर्नुपर्ने व्यवस्था छ।
आजको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
त्यस्तै, युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
