• Monday 5th of October 2026

बालेनबारे रविको जवाफ– उहाँ कवि पनि हो नि, एक्लो हुनुहुन्न


  • धनकुटा खबर
  • .

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिङ्गो पार्टी सरकारको पक्षमा उभिएको दाबी गरेका छन्।

बुधबार संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहले आफू एक्लो महसुस गरेको भन्ने विषयलाई गलत अर्थ नलगाउन आग्रह गरे।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा लेखेको विषयलाई संकेत गर्दै लामिछानेले उनी कवि तथा कलाकारसमेत भएकाले उनका हरेक शब्दको शाब्दिक अर्थ खोज्न नहुने बताए।

‘बालेनजीले लेख्नुभएको विषय–उहाँ कवि पनि हो नि त, कलाकार पनि हुनुहुन्छ। यत्रो भिडमा पनि आज मैले एक्लो महसुस गर्न सक्दिनँ त, सक्छ नि। त्यसकारण त्यस्तो होइन,’ लामिछानेले भने।

उनले प्रधानमन्त्री शाह एक्लो नरहेको दाबी गर्दै सिङ्गो रास्वपा सरकारको साथमा रहेको बताए।

‘हरेक शब्दका अर्थ खोज्न गयौँ भने कतै पुगिँदैन। सिङ्गो पार्टीसँगै उभिएको छ, कहाँ हुनुहुन्छ उहाँ एक्लो?’ लामिछानेले प्रश्न गरे।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖