• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

यी हुन् एसीयाली खेलकुदमा भाग लिन गइरहेका तीन चर्चित खेलाडी


  • धनकुटा खबर
  • .

टाेकियो, ४ भदौं । जापानमा अर्को महिना एसियाली खेलकुद सुरु हुँदैछ।

यस प्रतियोगितामा असाधारण प्रतिभा भएका किशोर किशोरी खेलाडीहरू र ओलम्पिक भन्दा पनि बढी संख्यामा खेलाडीहरूको सहभागिता रहनेछ ।

सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म नागोया र फराकिलो आइची क्षेत्रमा आयोजना हुने यस कार्यक्रममा करिब १५ हजार खेलाडी तथा खेल अधिकारीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

 

प्रतियोगितामा भाग लिनेहरू मध्ये फिलिपिन्सकी चर्चित टेनिस खेलाडी अलेक्जान्ड्रा इला तथा विश्व स्तरीय प्रतिभाका रूपमा चिनिएका १५ वर्षीय भारतीय क्रिकेटर वैभव सूर्यवंशी र १३ वर्षीया चिनियाँ पौडीबाज यु जिदी पनि समावेश रहेका छन्।

नागोयामा प्रतिस्पर्धा गर्ने प्रमुख खेलाडीहरूमध्ये एला पनि हुनेछिन् र २१ वर्षीया यी खेलाडी महिला टेनिसमा आफ्नो तीव्र प्रगतिलाई निरन्तरता दिने प्रयासमा हुनेछिन्।

 

विश्व वरीयताको २०औं स्थानमा रहेकी उनी यसै महिनाको सुरुमा वासिङ्टन ओपन जित्दै डब्लुटिए उपाधि जित्ने फिलिपिन्सकी पहिलो खेलाडी बनेकी थिइन्। उनी आफ्नो देशमा निकै चर्चित छिन्, उनले टेनिसप्रति व्यापक चासो जगाएकी छिन् र युवाहरूलाई यो खेलमा लाग्न प्रेरित गरेकी छिन्।

 

विश्व क्रिकेटमा एक प्रमुख नयाँ प्रतिभाका रूपमा आफूलाई चिनाएका सूर्यवंशीले पनि सबैको ध्यान तान्नेछन्। प्रतिभाशाली किशोर खेलाडी सूर्यवंशी गत महिना इङ्ल्यान्डविरुद्धको ट्वान्टी २० खेलमा डेब्यु गर्दै भारतको प्रतिनिधित्व गर्ने सबैभन्दा कान्छा क्रिकेटर बनेका थिए।

सूर्यवंशी जापानको नवनिर्मित क्रिकेट मैदानमा स्वर्ण जित्ने आशामा हुने छन्, जहाँ पुरुषतर्फको फाइनलमा साविक विजेता भारतको सामना उसका कट्टर प्रतिद्वन्द्वी पाकिस्तानसँग हुन सक्छ।

 

उता, चीनकी पौडीबाज युले पनि पौडीमा गरेको आश्चर्यजनक प्रगतिका कारण आफ्नो छुट्टै पहिचान बनाएकी छिन्स उनले गत वर्ष महिला २०० मिटर इन्डिभिजुअल मेडलेमा नयाँ एसियाली कीर्तिमान कायम गरेकी थिइन्।

अक्टोबरमा १४ वर्ष पुग्न लागेकी यु चिनियाँ टोलीको हिस्सा हुनेछिन्, जसले सन् २०२३ मा हाङझाउ एसियाली खेलकुदमा आफ्नै भूमिमा वर्चस्व जमाए पछि पुनः पदक तालिकाको शीर्ष स्थान हासिल गर्ने लक्ष्य राखेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖