• Saturday 28th of November 2026

दुर्गा प्रसाईंको घरमा प्रहरीले गर्‍यो खानतलासी


  • धनकुटा खबर
  • .

काठमाडौँ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरमा प्रहरीले खानतलासी गरेको छ।

बिहीबार उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले भक्तपुरस्थित निकोसेरामा रहेको प्रसाईंको घरमा खानतलासी गरेको हो ।

प्रसाईंले लघुवित्त पीडितहरूलाई आन्दोलनका लागि प्रेरित गरेको भन्दै उनको घरमा खानतलासी गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका एक अधिकृतले बताए।

लघुवित्त पीडितहरू पुलचाेकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयमा धर्नामा छन्। खानतलासीको नेतृत्व उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी शरत थापाले गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖