बारा । बाराको सिमरामा हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका आमाबुवालाई गृहमन्त्री सुदन गुरुङसँग वार्ता गर्न काठमाडौं लगिएको छ।
शनिबार अपराह्न गरिमाका बुवा मनोज चौधरी र आमा मानमती चौधरीलाई स्थानीय अभियन्ताको साथमा काठमाडौं पठाइएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टले जानकारी दिए।
उनीहरूलाई सिमरा विमानस्थलबाट काठमाडौं पठाइएको हो।
गृहमन्त्री गुरुङसँगको भेटमा गरिमा चौधरीको हत्या घटनाको अनुसन्धान, दोषीमाथि कारबाही तथा परिवारले उठाएका मागका विषयमा छलफल हुने बताइएको छ।
