• Monday 5th of October 2026

३ वर्षीया गरिमा चौधरीको बलात्कार र हत्या आरोपमा थप एक पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । बाराको सिमरामा तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका निवासी प्रदीप खड्का रहेका छन्। उनी विद्यार्थी रहेको प्रहरीले जनाएको छ।

जितपुर सिमरा उपमहानगरपालिका–१ मा गरिमा भदौ २ गते मृत अवस्थामा फेला परेकी थिइन्। घरबाट हराएको तीन दिनपछि उनको शव फेला परेको थियो।

प्रहरीको अनुसन्धानबाट गरिमाको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालिएको छ। घटनाको अनुसन्धानका क्रममा प्रहरीले अहिलेसम्म नौ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी मीनबहादुर घलेले बताएका छन्।

उनका अनुसार पक्राउ परेकामध्ये पछिल्लो पटक प्रदीप खड्का पनि छन्। घटनामा उनीहरूको संलग्नताबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖