• Monday 5th of October 2026

देउवा र खडकाको पुरक निवेदन दर्ता, ११ गते तोकियो पेशी


  • धनकुटा खबर
  • .

काठमाडौं, ९ भदौं । नेपाली कांग्रेसको इत्तर पक्षले १५औँ महाधिवेशन रोक्न माग गर्दै दायर भएको निबेदन दर्ता भएको छ।
 
पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा दिएको पूरक निवेदन दर्ता भएसँगै बिहिवारका लागि पेशी तोकिएको छ। 

गत शुक्रबार देउवाले महाधिवेशन रोक्न रिट निवेदन पेस गरे पनि पुनः निवेदनमा  ‘करेक्सन’ गर्नु पर्ने बताउँदै फिर्ता लगे पनि हिजो निवेदन दिएका थिए । सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाका अनुसार देउवा र खड्का दुवैको पूरक निवेदन दर्ता भएको र सुनुवाइका लागि भदौ ११ गतेका लागि पेसी तय भएको जानकारी दिएका छन । 
 
‘देउवाजी र खडकाजीले हिजो दिनु भएको रिट होइन, यो पुनरवलोकन निवेदनको पूरक निवेदन हो,’ उनले भने । उनका अनुसार विशेष महाधिवेशन र निर्वाचन आयोगको निर्णयका विषयमा पुनरवलोकनको निस्सा पाएर मुद्दा विचाराधीन रहेको अवस्थामा महाधिवेशनका कुनै पनि क्रियाकलाप अघि नबढाउन अन्तरकालीन आदेशको माग गरिएको छ।

 

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖