• Monday 5th of October 2026

रसुवाको टिमुरेमा भीषण बाढीले लोड भएर बसेका सयौँ कन्टेनर बगायो


  • धनकुटा खबर
  • .

काठमाडौ । रसुवाको टिमुरेमा आएको भीषण बाढीले भन्सार यार्डमा लोड भएर बसेका करिब २ सय कन्टेनर बगाएको छ।

नेपाल हिमालय सीमापार वाणिज्य संघका अनुसार यार्डमा रहेका कन्टेनरसँगै चीनतर्फ सामान लिन जाने तयारीमा रहेका करिब ३ सय कन्टेनर पनि बाढीको चपेटामा परेका छन्।

लाइनमा रहेका करिब ५ सय कन्टेनरमध्ये प्रारम्भिक अनुमानमा करिब १० प्रतिशत मात्र जोगिएको बताइएको छ।

बाढीले टिमुरेको सडक तथा बस्तीमा समेत ठूलो क्षति पुर्‍याएको छ। प्रभावित तथा घाइतेहरूको हेलिकप्टरमार्फत उद्धार कार्य जारी रहेको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖