• Monday 5th of October 2026

चीनले दियो सूचना : नदी थुनिएको स्थानमा अझै ताल पूरा खुलेन, भोटेकोसी र त्रिशूलीमा बाढीको जोखिम कायमै


  • धनकुटा खबर
  • .

काठमाडौँ । चीनतर्फबाट प्राप्त सूचनाअनुसार हिमपहिरोपछि नदी थुनिएको स्थानमा बनेको ताल अझै पूर्ण रूपमा खुलेको छैन। ताल पूर्ण रूपमा नखुलेका कारण भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा बाढीको जोखिम कायमै रहेको छ।

नेपाल बाढी सूचना तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सूचना जारी गर्दै नदी थुनिएको स्थानमा बनेको ताल अझै पूर्ण रूपमा नखुलेको जनाएको हो।

बुधबार दिउँसो १ः३५ बजे जारी गरिएको सूचनामा अर्को सूचना जारी नभएसम्म भोटेकोसी र त्रिशूली नदीबाट टाढा सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।

नदी थुनिएको स्थानमा पानीको बहावमा हुन सक्ने परिवर्तनका कारण तल्लो तटीय क्षेत्रमा जोखिम कायमै रहेकाले नदी आसपासका बस्तीका बासिन्दालाई उच्च सतर्कता अपनाउनसमेत अनुरोध गरिएको छ।

चीनतर्फ हिमपहिरो गएपछि आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा ठूलो भौतिक क्षति भएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖