काठमाडौ । चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम क्षेत्रमा रहेको ठूलो ताल फुटेको जानकारी चिनियाँ पक्षले नेपाललाई गराएको छ।
गम्भीर सूचना प्राप्त भएपछि रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले जिल्लावासीलाई उच्च सतर्कता अपनाउँदै तत्काल सुरक्षित स्थानमा रहन आग्रह गरेका छन्।
नदी तथा खोलाको आसपासमा रहेका नागरिकलाई कुनै जोखिम नलिई तत्काल सुरक्षित स्थानतर्फ जान अपिल गरिएको छ।
सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै नदी किनार, खोला तथा तल्लो तटीय क्षेत्रमा नबस्नुहोस्। आफू पनि सुरक्षित रहनुहोस् र आसपासका मानिसलाई समेत सचेत गराउनुहोस्।
