• Monday 5th of October 2026

टिमुरे, स्याफ्रु र मैलुङबाट थप २५७ जनाको उद्धार


  • धनकुटा खबर
  • .

काठमाडौँ । सेनाले बाढीबाट प्रभावित टिमुरे, स्याफ्रु र मैलुङबाट थप २५७ जनाको हेलिकाेप्टरमार्फत उद्धार गरेको छ ।

शुक्रबार ४० जना विदेशी सहित थप २५७ जनाको उद्धार गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

रसुवाको टिमुरे, स्याफ्रुबेँशी र मैलुङ सबैभन्दा धेरै प्रभावित क्षेत्र हो । यसअघि सो क्षेत्रबाट ४४९ जनाको उद्धार गरेको थियो ।

खोज तथा उद्धारमा ४ हजार ५ सय सेना खटिएका छन् । सेनाले आपतकालीन उपचार र राहत सामग्री ढुवानीको काम पनि गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖