• Monday 5th of October 2026

भोटेकोशी बाढीमा चितवनमा २५९ शव फेला, ९ जनाको मात्रै सनाखत (नामावली सहित)


  • धनकुटा खबर
  • .

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी बेपत्ता भएकामध्ये चितवनमा २५९ जनाको शव फेला परेको छ। नारायणी नदीको किनारबाट सुरक्षाकर्मीले २५९ वटा शव संकलन गरेका हुन्।

बागमती प्रदेश प्रहरी कार्यालयका एसएसपी राजेन्द्र धमलाका अनुसार फेला परेका शवमध्ये हालसम्म ९ जनाको मात्रै सनाखत भएको छ। परिवार तथा आफन्तले शव पहिचान गरेपछि उनीहरूको सनाखत भएको प्रहरीले जनाएको छ।

सनाखत हुनेमा दुई जना प्रहरी सहायक निरीक्षक (असई) समेत रहेका छन्। नुवाकोटका प्रहरी सहायक निरीक्षक रामकाजी पौडेल र रामेछाप मन्थली–४ का रामहरि खड्काको शव पहिचान भएको हो।

अन्य सनाखत भएका मृतकमा बाँकेको कोहलपुर नगरपालिका–११ का कविलाल चौधरी, रसुवाको उत्तरगया गाउँपालिका–१ बेत्रावतीका भुवन थापा मगर, मकवानपुरको हेटौँडा–१५ का रमेश मगर, नुवाकोट ककनीका अर्जुन बलामी, बाँकेको कोहलपुर–११ का रमेश थारु, नुवाकोट किस्पाङ–५ की तेरिना गुरुङ र सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ का पेमा सिंह शेर्पा रहेका छन्।

यसैबीच, चितवनमा फेला परेका पहिचान नखुलेका ९६ वटा शव गाडेर सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी चन्द्र भूषण यादवका अनुसार देवघाट धामनजिकैको जंगल क्षेत्रमा ती शव गाडिएको हो।

चितवनमा सनाखत भएका शव

१. प्रहरी सहायक निरीक्षक रामकाजी पौडेल, ४३ वर्ष, नुवाकोट
२. कविलाल चौधरी, २३ वर्ष, कोहलपुर नगरपालिका–११, बाँके
३. असई रामहरि खड्का, मन्थली नगरपालिका–४, रामेछाप
४. भुवन थापा मगर, उत्तरगया गाउँपालिका–१, बेत्रावती, रसुवा
५. रमेश मगर, हेटौँडा उपमहानगरपालिका–१५, मकवानपुर
६. अर्जुन बलामी, ककनी, नुवाकोट
७. रमेश थारु, कोहलपुर नगरपालिका–११, बाँके
८. तेरिना गुरुङ, किस्पाङ गाउँपालिका–५, नुवाकोट
९. पेमा सिंह शेर्पा, भोटेकोशी गाउँपालिका–३, सिन्धुपाल्चोक

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖