• Monday 5th of October 2026

भोटेकोशी बाढीका ५९ शव शिक्षण अस्पतालमा, ८ जनाको मात्रै खुल्यो पहिचान


  • धनकुटा खबर
  • .

काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परेर ज्यान गुमाएकामध्ये ५९ जनाको शव महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ल्याइएको छ।

अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईँका अनुसार हालसम्म बाढीबाट ज्यान गुमाएका ५९ जनाको शव अस्पतालमा ल्याइपुर्‍याइएको हो। ल्याइएका शवमध्ये ३२ जनाको शवपरीक्षण (पोस्टमार्टम) सम्पन्न भइसकेको छ भने बाँकी २७ जनाको शव परीक्षण हुन बाँकी रहेको डा. सेढाईँले जानकारी दिए।

अस्पतालमा ल्याइएका कुल ५९ शवमध्ये हालसम्म ८ जनाको मात्रै पहिचान खुलेको छ। बाँकी शवहरूको पहिचान खुल्न बाँकी रहेकाले आफन्तजन तथा सम्बन्धित निकायसँग समन्वय गरी सनाखत गर्ने कार्य भइरहेको अस्पताल प्रशासनले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖