काठमाडौँ । विनाशकारी भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापनका विषयमा प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटवार्तामा बाढी प्रभावित क्षेत्रमा देखिएका समस्या तथा तिनको समाधानका उपायबारे छलफल भइरहेको प्रधानमन्त्रीका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
खरेलका अनुसार भेटवार्तामा विशेषगरी प्रभावित क्षेत्रमा उद्धार, राहत वितरण र समग्र व्यवस्थापनका विषयमा छलफल केन्द्रित छ ।
‘बाढी प्रभावित क्षेत्रमा भएका समस्या, उद्धार र राहतका विषयमा सभापति र प्रधानमन्त्रीबीच भेटवार्ता भइरहेको छ,’ खरेलले बताए ।
