• Monday 5th of October 2026

भोटेकोशी बाढी: हालसम्म एक हजार १२७ शव फेला


  • धनकुटा खबर
  • .

काठमाडौं, भदौ १७ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार बिहान ५ बजेसम्म एक हजार १२७ जनाको शव फेला परेको छ। फेला परेका शवमध्ये रसुवामा ४५, नुवाकोटमा १५५, धादिङमा ५९, चितवनमा ३४८, गोरखामा ६६, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१७, नवलपरासी पश्चिममा १९० र भारतमा नौ जना रहेका छन्।

फेला परेका शवमध्ये एक हजार ११३ वटाको लाशजाँच मुचुल्का सम्पन्न भएको छ भने ९५ वटा शव आफन्तलाई हस्तान्तरण गरिएको छ। यस्तै, पहिचान हुन नसकेका ९११ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनलगायतका कार्यका लागि हालसम्म सात हजार नौ सय १२ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ। बाढी प्रभावित क्षेत्रबाट ६ हजार ५४१ जनाको उद्धार गरिएको छ भने बेपत्ता भएका चार हजार ८५८ जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुका साथै विभिन्न निकाय तथा स्थानीयवासीको समन्वय र सहयोगमा उद्धार एवं खोजी कार्य गरिरहेको छ। साथै, विभिन्न स्थानमा अवरुद्ध सडक तथा बाटो खुलाउने कार्यसमेत भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖