• Monday 5th of October 2026

प्रधानमन्त्रीलाई प्रचण्डको प्रश्न : आउनुहुन्छ अरूको अनुहार नै नहेरी जानुहुन्छ, यो के तरिका हो ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको कार्यशैलीप्रति प्रश्न उठाएका छन्।**

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा दलका तर्फबाट सम्बोधन गर्दै प्रचण्डले विपद्पछि प्रधानमन्त्रीले संसद्लाई सम्बोधन गर्नु सकारात्मक भए पनि सरकारको समग्र कार्यशैलीप्रति असन्तुष्टि जनाएका हुन्।

उनले प्रधानमन्त्रीले सबै पक्षलाई विश्वासमा लिएर अघि बढ्नुपर्ने बताए। अरूका अनुभव र सुझावलाई पनि महत्त्व दिनुपर्ने भए पनि त्यसतर्फ पर्याप्त ध्यान नदिएको उनको भनाइ थियो।

‘अरूलाई पनि विश्वासमा लिनुपर्छ, अरूका अनुभव पनि महत्त्वपूर्ण हुन सक्छन् भन्नेतिर ध्यान नजानु,’ प्रचण्डले भने, ‘संसद्लाई विश्वासमा लिने भनेको प्रतिपक्षलाई मात्रै होइन। कार्यशैलीले के देखाउँछ भने आफ्नै दलका सांसदलाई विश्वासमा लिने मेहनत गरेको मैले देखिनँ।’

प्रचण्डले प्रधानमन्त्री सबैको साझा प्रधानमन्त्री भएकाले सबै दल र सांसदको सहयोग लिनुपर्ने बताए।

‘उहाँ आउनुहुन्छ, कसैको अनुहार नहेरी जानुहुन्छ, यो के तरिका हो ?’ उनले प्रश्न गर्दै भने, ‘यस्तो त हुँदैन, प्रधानमन्त्री त सबैको प्रधानमन्त्री हो नि ! सबैले सहयोग गर्छौँ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖