• Monday 5th of October 2026

नेपालको परिस्थिति आफूले सामना गरेका कठिनमध्ये एक : अस्ट्रेलियाली इन्जिनियर प्राध्यापक आर्नोल्ड डिक्स


  • धनकुटा खबर
  • .

काठमाडौँ । अन्तर्राष्ट्रिय सुरुङ उद्धार विज्ञ तथा अस्ट्रेलियाली इन्जिनियर प्राध्यापक आर्नोल्ड डिक्सले भदौ १० गते आएको विनाशकारी बाढीपछि नेपालमा देखिएको उद्धार चुनौती आफूले अहिलेसम्म सामना गरेका कठिन परिस्थितिमध्येको एक भएको बताएका छन्।

सुरुङभित्र फसेका कामदारको उद्धारका लागि नेपाली उद्धारकर्ताले गरेको प्रयासलाई नजिकबाट नियालिरहेका डिक्सले विषम परिस्थितिका बाबजुद उद्धारकर्मीले सम्भव भएसम्म सबै प्रयास गरेको बताए। उनका अनुसार यस्तो जटिल अवस्थामा नेपाली उद्धारकर्ताले गरेको प्रयास अभूतपूर्व छ।

सन् २०२३ मा भारतको सिल्क्यारा सुरुङमा फसेका ४१ जना कामदारको उद्धारमा सहयोग गरेका डिक्सले नेपालको वर्तमान परिस्थितिलाई अत्यन्त चुनौतीपूर्ण रहेको बताए।

उनका अनुसार जलविद्युत् आयोजनाका संरचनामा ठूलो मात्रामा थुप्रिएको अस्थिर माटो तथा जमिनमुनि पुरिएका संरचनाका कारण उद्धार कार्य थप कठिन बनेको छ। यही कारण अपेक्षित सफलता हासिल गर्न कठिनाइ भएको उनको भनाइ छ।

डिक्सले विषम भौगोलिक अवस्था, सुरुङ तथा भूमिगत संरचनामा जमेको माटो र उद्धारका क्रममा देखिएका जोखिमले नेपालमा जारी उद्धार अभियानलाई थप जटिल बनाएको बताएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖