• Monday 5th of October 2026

कुलमानसँग प्रधानमन्त्री बालेनले सोधे- सुरुङभित्र फसेकाको उद्धार कसरी गर्ने ?


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रधानमन्त्री बालेन शाह र उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङबीच बाढी तथा विपद्पछिको उद्धार, राहत र पुनर्स्थापनाबारे छलफल भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री निवासमा बिहीबार भएको भेटमा घिसिङले आफू नेतृत्वको टोलीले बाढी प्रभावित क्षेत्रमा स्थलगत निरीक्षणका क्रममा देखेका समस्या र सरकारले तत्काल गर्नुपर्ने कामबारे प्रधानमन्त्रीलाई जानकारी गराएका हुन्।

भेटपछि प्रधानमन्त्री कार्यालयबाट बाहिरिँदै घिसिङले विपद्का बेला फिल्डमा पुगेर देखेका र बुझेका विषयलाई सरकारसमक्ष सुझावका रूपमा प्रस्तुत गर्न भेट गरिएको बताए।

उनका अनुसार टोलीले उद्धार, राहत र पुनर्स्थापनासम्बन्धी लिखित तथा मौखिक सुझाव प्रधानमन्त्रीलाई दिएको छ।

‘अहिलेको विपद्को अवस्थामा विशेष गरेर रेस्क्यु, रिलिफ र रिसेटलमेन्टका विषयमा हामीले समग्र रूपमा सरकारलाई सुझाव दिने काम भएको छ,’ घिसिङले भने।

भेटमा जलविद्युत् आयोजनाका सुरुङभित्र फसेका नागरिकको उद्धारबारे पनि प्रधानमन्त्री शाहले चासो राखेका थिए। घिसिङले सुरुङभित्र फसेकाहरूको उद्धारका लागि आवश्यक तयारी तथा आफूहरूले बुझेका विषयबारे प्रधानमन्त्रीलाई जानकारी गराएको बताए।

घिसिङका अनुसार प्रधानमन्त्री शाहले सुरुङमा फसेका नागरिकको उद्धारका लागि आवश्यक सबै उपाय अपनाउने प्रतिबद्धता जनाएका छन्।

‘उहाँले पनि यो विषयमा हामी सकेको जुनसुकै काम गर्नुपरे पनि गर्छौं । जुनसुकै अवस्थामा पनि जस्तोसुकै परिचालन गर्नुपरे पनि परिचालन गरेर अगाडि बढ्ने भन्नुभएको छ,’ घिसिङले भने।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖