• Monday 5th of October 2026

चन्द्रिका श्रेष्ठको उद्धारपछि प्रधानमन्त्रीले लेखे : हामी अझै डटेर लागिरहेका छौँ


  • धनकुटा खबर
  • .

काठमाडौँ । नुवाकोटको विदुर—१० बेत्रावतीस्थित बाढी प्रभावित क्षेत्रबाट ६४ वर्षीया चन्द्रिका श्रेष्ठको सफल उद्धार भएपछि प्रधानमन्त्री बालेन्द्र शाहले सरकार खोज तथा उद्धार कार्यमा अझै दृढतापूर्वक लागिरहेको बताएका छन् ।

शनिबार राति सामाजिक सञ्जालमा प्रधानमन्त्रीले सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले श्रेष्ठलाई जीवितै उद्धार गरेको खबरले सिङ्गो देशलाई आशा जगाएको उल्लेख गरे । प्रधानमन्त्रीले सामाजिक सञ्जाल लेखेका छन्, ‘यो खबर, खोज तथा उद्धारमा हामी अझै डटेर लागिरहेका छौँ भन्ने सन्देश पनि हो ।’

भोटेकोशीको बाढीले पुर्‍याएको क्षतिप्रति संवेनदशील हुँदै प्रधानमन्त्री बालेनले ज्येष्ठ नागरिकहरूको सुरक्षा र सम्मानमा सरकार सचेत रहेको पनि बताए । बाढीका कारण विस्थापित नुवाकोटको देवीघाट ज्येष्ठ नागरिक संरक्षण केन्द्रका आमाबुबाहरूलाई काठमाडौँको म्हैपी र इनारपाटीस्थित कृष्णप्रणामी मन्दिरमा सुरक्षित स्थानान्तरण गरिएको उनले जानकारी दिए ।

प्रभावितहरूका लागि ह्वीलचियर, स्वास्थ्य परीक्षण र मनोसामाजिक परामर्श सेवा उपलब्ध गराइएको उनले जनाए । ‘अस्थायी बसाइलाई छोट्याएर छिटो सुरक्षित बसोबासको व्यवस्था मिलाउनेछौँ । राज्य हजुरहरूसँगै छ ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖