• Monday 5th of October 2026

रवि लामिछानेले दिएको विश्वास कमजोर हुन दिन्नँ : गृहमन्त्री गुरुङ


  • धनकुटा खबर
  • .

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफूलाई दिएको जिम्मेवारी र विश्वासलाई निरन्तर कायम राख्ने बताएका छन्।

काठमाडौंमा आयोजित जेनजी शहीदहरूको स्मृतिसभालाई सम्बोधन गर्दै गुरुङले जेनजी पुस्ताले राखेको अपेक्षा पूरा गर्न आफू प्रतिबद्ध रहेको बताए।

रास्वपा सभापति लामिछानेले आफूलाई सरकारमा रहेर सुशासनको उदाहरण प्रस्तुत गर्ने जिम्मेवारी दिएको उल्लेख गर्दै उनले उक्त विश्वासलाई कमजोर हुन नदिने प्रतिबद्धता व्यक्त गरे।

गृहमन्त्री गुरुङले आफू मन्त्रीका साथै दाइ, भाइ र छोराको भूमिकामा समेत रहेको उल्लेख गर्दै देशमा फेरि नागरिकमाथि गोली चल्ने अवस्था आउन नदिने दाबी गरे।

उनले जेनजी आन्दोलनका शहीदहरूको बलिदान र आन्दोलनकारीले उठाएका मुद्दालाई गम्भीर रूपमा लिएर काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖