काठमाडौं । मुस्ताङको लोमान्थाङलाई केन्द्रबिन्दु बनाएर मंगलबार राति ५.३ म्याग्निच्युडको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार राति ९ः५३ बजे लोमान्थाङ आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।
भूकम्पको धक्का मुस्ताङसहित गण्डकी प्रदेशका विभिन्न जिल्लाका साथै काठमाडौंसम्म महसुस गरिएको थियो।
भूकम्पबाट भएको सम्भावित क्षतिको विवरण भने हालसम्म प्राप्त नभएको केन्द्रले जनाएको छ।
स्थानीय प्रशासन तथा सम्बन्धित निकायबाट क्षतिको विवरण संकलन भइरहेको बताइएको छ।
