• Monday 5th of October 2026

चिलिमे सुरुङ उद्धारमा सघाउन सेनाले बोलायो कुलमान घिसिङ


  • धनकुटा खबर
  • .

रसुवा । रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र जारी उद्धार कार्यमा सघाउन नेपाली सेनाले पूर्वऊर्जामन्त्री कुलमान घिसिङलाई बोलाएको छ।

विदेशी विज्ञसहितको उद्धार टोलीलाई पावरहाउससम्म पुग्न आवश्यक प्राविधिक समन्वय तथा सुझावका लागि सेनाले घिसिङलाई बोलाएको हो। सेनाको आग्रहपछि घिसिङ आज उद्धारस्थलतर्फ लागेका छन्।

यसअघि पनि घिसिङले चिलिमे क्षेत्रको स्थलगत रेकी गरी उद्धार कार्यका लागि आवश्यक प्राविधिक अवस्थाबारे जानकारी लिएका थिए।

सुरुङभित्र फसेकाहरूको उद्धारका लागि नेपाली सेना, सुरक्षाकर्मी तथा विदेशी प्राविधिक विज्ञहरूको टोलीले प्रयास जारी राखेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖