• Monday 5th of October 2026

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । 

बिहीबार दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा बस्ने गरी उनले बैठक बोलाएका हुन् । बैठकमा समसामयिक विषयहरूमा छलफल हुनेछ । 

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकार खोज, उद्धार, उपचार, राहत र प्रभावितहरूको पुन:स्थापनामा निरन्तर जुटिरहेको छ । 

प्रधानमन्त्रीले बाढी प्रभावित क्षेत्रको खोज, उद्धार, राहत र पुन:स्थापनालाई थप प्रभावकारी बनाउन र आवश्यक निर्णय गर्न यो बैठक बोलाएका हुन् ।
 
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖