• Monday 5th of October 2026

उपसभामुखले एक महिनाको तलब विपद् उद्धार कोषमा जम्मा गर्ने


  • धनकुटा खबर
  • .

काठमाडौ । उपसभामुख रुबी कुमारी ठाकुरले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितको लागि एक महिनाको पारिश्रमिक सहयोग गरेकी छिन्।

उपसभामुख ठाकुरले आफ्नो एक महिनाको पारिश्रमिक नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न संघीय संसद् सचिवालयको प्रशासन शाखालाई निर्देशन दिएकी हुन्।

बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले उपसभामुखले उक्त सहयोग गर्ने निर्णय गरेकी हुन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖