काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्गा प्रसाईंका समर्थक र प्रहरीबीच धकेलाधकेल भएको छ।
सोमबार झापाबाट काठमाडौँ फर्किएका प्रसाईंले विमानस्थलमा पत्रकार सम्मेलन गर्न खोजेपछि प्रहरीले रोकेको थियो।
त्यसक्रममा उनका समर्थक र प्रहरीबीच धकेलाधकेल भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
प्रहरीसँग मुठभेड गरेको आरोपमा प्रहरीले गुल्मीको मुसिकोट नगरपालिका–१ का तेजेन्द्र रायमाझीलाई पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
