• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

हालान्डको गोललाई मान्यता दिने निर्णय गलत भएको ‘प्रो रेफ’ को स्वीकारोक्ति


  • धनकुटा खबर
  • .

काठमाडौं, २९ भदौ । प्रिमियर लिगको रेफ्रीसम्बन्धी निकाय ‘प्रो रेफ’ ले म्यानचेस्टर युनाइटेडविरुद्धको खेलमा एर्लिङ हालान्डले गरेको म्यानचेस्टर सिटीको विजयी गोललाई मान्यता दिने क्रममा “निर्णयमा त्रुटि” भएको स्वीकार गरेको छ।

 

म्यानचेस्टर युनाइटेडमाथि सिटीले डर्बी खेलमा जित मनाइरहँदा, उक्त विवादित गोलबारे व्यापक प्रश्न उठेको थियो।

 

ओल्ड ट्राफोर्डमा भएको खेलको ६०औँ मिनेटमा जोस्को ग्वार्डिओलको क्रसमा ‘ब्याक पोस्ट’ नजिकैबाट हालान्डले गोल गरेका थिए। सुरुमा मैदानका रेफ्रीले त्यसलाई ‘अफसाइड’ भन्दै अमान्य घोषित गरे पनि भिडियो असिस्टेन्ट रेफ्रीको हस्तक्षेपपछि गोलले मान्यता पाएको थियो।

 

प्याट्रिक डोर्गूको जुत्ताका कारण हालान्ड ‘अनसाइड’ अवस्थामा रहेको ठहर गरिए पनि हालान्डभन्दा मध्य भागमा रहेर बलतर्फ ‘डाइभ’ गरिरहेका र ‘अफसाइड’ स्थितिमा रहेका एन्जो फर्नान्डेजले खेलमा अवरोध पुर्‍याएका थिए कि थिएनन् भन्नेबारे बहस भएको थियो।

 

यसबारे एक विज्ञप्ति जारी गर्दै ‘प्रो रेफ’ ले भनेको छ, “एन्जो फर्नान्डेजले बल नछोएकाले यसले कुनै पनि अफसाइड उल्लङ्घनलाई व्यक्तिपरक,निर्णयकर्ताको बुझाइमा भर पर्ने, बनाउँछ। यद्यपि, यस घटनामा भीअारले उनको स्थितिको सम्भावित प्रभावलाई पहिचान गर्न सकेन र मैदानमै गएर घटनाको समीक्षा गर्न सिफारिस गर्नुपर्ने थियो।

 

हामीले निर्णयमा त्रुटि भएको महसुस गरेकाले युनाइटेडसँग सम्पर्क गरेका छौँ र उक्त घटनाको थप समीक्षा गरिनेछ।”

 

उक्त निर्णयप्रति युनाइटेडका डिफेन्डर लिसान्ड्रो मार्टिनेजले “अन्याय” भएको बताएका छन् भने प्रशिक्षक माइकल क्यारिकले आफू “अलमलमा परेको” प्रतिक्रिया दिएका छन्।

 

पहिलो हाफको २३ औँ मिनेटमा फिल फोडेनले युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेजलाई लात हानेपछि ‘सिधा रातो कार्ड’ पाएर सिटी १० खेलाडीमा सीमित भएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖