• Monday 5th of October 2026

दुर्गा प्रसाईंलाई एयरपोर्टमा बोल्न नदिइएपछि लफडा, बालेन र सुदनविरुद्ध गरे नाराबाजी


  • धनकुटा खबर
  • .

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्गा प्रसाईँ र प्रहरीबीच तनाव भएको छ। झापाबाट काठमाडौँ फर्किएका प्रसाईँलाई विमानस्थल परिसरमा पत्रकारसँग कुरा गर्न प्रहरीले रोकेपछि स्थिति तनावग्रस्त बनेको हो।

प्रसाईँलाई भेट्न विमानस्थलमा युट्युबरहरू जम्मा भएका थिए। प्रहरीले विमानस्थल परिसरमा ‘बाइट’ दिन रोक लगाएपछि प्रसाईँ समर्थकहरूसहित बाहिरिएका थिए।

सो क्रममा प्रसाईँले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङविरुद्ध नाराबाजी गरेका थिए। प्रहरीसँग धकेलाधकेल भएपछि नागरिक बचाउ महाअभियानका बागमती संयोजकलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ।

अभियानका नेता माधव खतिवडाले प्रसाईँलाई अभिव्यक्ति दिन नदिएर प्रहरीले दमन गरेको आरोप लगाएका छन्।

यता, काठमाडौँ प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाले प्रसाईँलाई पक्राउ नगरिएको र विमानस्थलबाट सुरक्षित रूपमा घर पठाइएको बताएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖