• Sunday 4th of October 2026

कांग्रेसले जारी गर्‍यो ‘निर्वाचन निर्देशिका २०८३’, सभापतिका लागि ४० हजार शुल्क


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनलाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन ‘निर्वाचन निर्देशिका, २०८३’ जारी गरेको छ।

केन्द्रीय निर्वाचन समितिले जारी गरेको निर्देशिकाले वडा तहदेखि केन्द्रीय कार्यसमितिसम्मको निर्वाचन प्रक्रिया स्पष्ट गरेको छ। उम्मेदवारका लागि आचारसंहितासमेत लागू गरिएको छ।

निर्देशिकाअनुसार उम्मेदवारले नाम वा चुनाव चिह्न अंकित टोपी, भेस्ट, ज्याकेट, मास्कलगायत प्रचार सामग्री प्रयोग गर्न पाउने छैनन्। सार्वजनिक स्थलमा होहल्ला गर्न, सवारी साधनको दुरुपयोग गर्न तथा बालबालिकालाई निर्वाचन गतिविधिमा सहभागी गराउन पनि रोक लगाइएको छ।

निर्वाचन प्रक्रियालाई प्रविधिमैत्री बनाउँदै उम्मेदवारी शुल्क भुक्तानीका लागि क्यूआर कोड, निर्वाचन परिणाम डिजिटल रूपमा प्रविष्ट गर्ने र मतदाता नामावली डिजिटल माध्यमबाट सच्याउने व्यवस्था गरिएको छ।

निर्देशिकाले संविधान र पार्टी विधानअनुसार दलित, आदिवासी जनजाति, खस–आर्य, मधेसी, थारु तथा मुस्लिम समुदायको समावेशी प्रतिनिधित्व सुनिश्चित गरेको छ। पिछडिएको क्षेत्रका लागि समेत विशेष प्रतिनिधित्वको व्यवस्था गरिएको छ।

केन्द्रीय सभापति पदका लागि उम्मेदवारी शुल्क ४० हजार रुपैयाँ र केन्द्रीय सदस्यका लागि ११ हजार रुपैयाँ तोकिएको छ। वडा तहदेखि केन्द्रीय तहसम्मका उम्मेदवारी शुल्क निर्देशिकामै निर्धारण गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖