काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री सुधन गुरुङले सदनको गरिमा र मर्यादा उल्लङ्घन गरेको भन्दै नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले नियमापत्ति जनाएका छन्।
मंगलबारको बैठकमा नेपाली कम्युनिस्ट पार्टीका सांसद युवराज दुलाल बोलिरहेका बेला गृहमन्त्री गुरुङ सभामुखको आसन र बोलिरहेका सांसदको बीचबाट हिँडेको भन्दै महरले आपत्ति जनाएका हुन्।
महरले प्रतिनिधि सभा नियमावलीको नियम २० को उपनियम ६ मा सभामुखको आसन तथा बोलिरहेको सदस्यको अगाडिबाट हिँड्न नपाइने व्यवस्था रहेको स्मरण गराए।
उनले सत्तापक्षका जिम्मेवार व्यक्तिबाटै पटक–पटक नियम उल्लङ्घन भइरहेको भन्दै सभामुखमार्फत यस्तो गतिविधि रोक्न रुलिङ गर्न माग गरे। महरले सदनको मर्यादा जोगाउने जिम्मेवारी प्रतिपक्षको मात्र नभएको समेत बताए।
