• Sunday 4th of October 2026

रवि लामिछानेले बोलाए सर्वदलीय बैठक


  • धनकुटा खबर
  • .

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन्।

सभापति लामिछानेले बुधबार रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा बैठक बस्ने गरी सर्वदलीय बैठक बोलाएका हुन्।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठनलगायत विषयमा छलफल गर्न बैठक बोलाइएको रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिए।

उनका अनुसार बैठक बुधबार बिहान ११ बजे बस्नेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖