• Sunday 4th of October 2026

आज २२ जिल्लामा आकस्मिक बाढीको जोखिम


  • धनकुटा खबर
  • .

काठमाडौँ । देशका प्रमुख नदीको बहाव हाल सतर्कता तहभन्दा तल रहे पनि आगामी तीन दिन अधिकांश नदीमा जलसतह उल्लेखनीय रूपमा बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार भदौ ३१ देखि असोज २ गतेसम्म कोशी, नारायणी, बागमती, महाकालीलगायतका नदीमा जलसतह बढ्नेछ। कर्णाली, कन्काई, कमला, बबई र राप्तीका केही नदीमा पनि बहाव बढ्ने पूर्वानुमान गरिएको छ।

आज ताप्लेजुङ, संखुवासभा, भोजपुर, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बाग्लुङ, म्याग्दी, हुम्ला, बझाङ र बाजुरामा स–साना नदीको बहाव उल्लेख्य बढ्ने तथा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ।

भोलि सुदूरपश्चिम, लुम्बिनी र मधेश तथा असोज २ गते कोशी र मधेश प्रदेशका केही स–साना नदीमा आकस्मिक बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖