• Sunday 4th of October 2026

चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा १५० मिटर भित्र पुग्यो उद्धार टोली


  • धनकुटा खबर
  • .

काठमाडौं । रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धारका लागि परिचालित टोली सुरुङभित्र १५० मिटर प्रवेश गर्न सफल भएको छ।

सुरुङको माथिल्लो भागमा जमेको लेदो पन्छाउँदै उद्धार टोली १५० मिटरभित्र पुगेको हो। लेदो हटाउन माथिल्लो त्रिशूली जलविद्युत् आयोजनामा प्रयोग गरिएको वाटर जेट प्रविधि प्रयोग गरिएको छ।

चिलिमे आयोजनाको सुरुङभित्र ६ जना नागरिक फसेको अनुमान गरिएको छ। उनीहरूको अवस्था भने अझै यकिन हुन सकेको छैन।

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको थियो। बाढीपछि १२ वटा जलविद्युत् आयोजनाका सुरुङमा नागरिकहरू फसेको बताइएको छ।

उद्धार टोलीले सुरुङभित्र जमेको लेदो हटाउँदै फसेकाहरूको अवस्थाबारे जानकारी लिन तथा उद्धार कार्य अघि बढाइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖