• Sunday 4th of October 2026

सर्वोच्चको मुद्दा फाँटमा आगलागी, महत्वपूर्ण कागजात जले


  • धनकुटा खबर
  • .

काठमाडौं । सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी भएको छ । आगलागीका कारण महत्वपूर्ण कागजात, कुर्सी, टेबललगायत जलेर नष्ट भएका छन् ।

विद्युत् शर्ट भएर आगलागी भएको स्रोतले जानकारी दिएको छ । बिहानै शर्ट भएर आगलागी कारण कागजातसहित फाँटमा रहेका फर्निचर पनि जलेको पाइएको छ । २० र २१ नम्बर फाँटमा आगलागी भएको हो ।

नयाँ भवनको भुइँतलामा रहेका दुईवटा फाँटमा आगलागी भएको स्रोतले जानकारी दियो ।

यसअघि सर्वोच्च अदालतमा दुई साताअघि पनि आगलागी भएको थियो । त्यसबेला अन्डरग्राउन्डमा रहेको कार्यालयमा आगलागी भएको थियो । त्यस विषयमा अहिले पनि अनुसन्धान जारी छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖