• Sunday 4th of October 2026

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम भजाएर ठगी, बालिकासहित दुई जना पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । इजरायलमा केयरगिभरका रूपमा रोजगारीमा पठाइदिने भन्दै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार वेनको नाम र पद दुरुपयोग गरी २ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार पक्राउ पर्नेमा रामेछाप सुनापति गाउँपालिका–१ का ५९ वर्षीय भरत चौलागाईं र दोलखा कालिञ्चोक गाउँपालिका–८ की ३२ वर्षीया बालिका सिवाकोटी छन् ।

सीआईबीका अनुसार सन् २०२४ मा नेपाल सरकारले इजरायलका लागि लिएको केयरगिभर परीक्षामा सहभागी भई लक्की ड्रमा छनोट हुन नसकेका व्यक्तिहरूलाई लक्षित गरी उनीहरूले रकम असुलेका थिए ।

उनीहरूले प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गर्दै इजरायल पठाइदिने विश्वास दिलाएर प्रतिव्यक्ति ६ लाख २० हजार रुपैयाँका दरले रकम लिएको आरोप छ । यसरी १५६ जनाबाट कुल २ करोड ५० लाख रुपैयाँ असुलेको भन्दै पीडितहरूले जाहेरी दिएका थिए ।

पक्राउ परेकामाथि ठगीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

[

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖