काठमाडौं । बंगालको खाडीमा विकसित हुँदै गरेको न्यूनचापीय प्रणालीका कारण असोज ८ देखि १२ गतेसम्म नेपालमा वर्षाको गतिविधि बढ्न सक्ने मौसमविद्हरूले बताएका छन्।
केही पूर्वानुमान मोडेलले निश्चित क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना देखाएका छन्। विशेषगरी असोज १० गते वर्षाको जोखिम बढी हुनसक्ने अनुमान गरिएको छ।
बाढी, पहिरो र डुबानको जोखिम रहेका क्षेत्रमा पूर्वतयारी गर्न तथा लामो दूरीको यात्रा गर्दा मौसमको अवस्था हेर्न मौसमविद्हरूले आग्रह गरेका छन्।
जल तथा मौसम विज्ञान विभागले मौसमी प्रणालीको निरन्तर निगरानी गरिरहेको जनाएको छ। वर्षाको मात्रा र प्रभावबारे अहिले नै यकिन गर्न नसकिने विभागको भनाइ छ।
