• Sunday 4th of October 2026

संसद् बैठकमा धुरुधुरु रोइन् रास्वपा सांसद रचना खतिवडा


  • धनकुटा खबर
  • .

काठमाडौं, ६ असोज । रास्वपा सांसद रचना खतिवडा खत्री प्रतिनिधिसभा बैठकमा धुरुधुरु रोएकी छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा विशेषा समय लिएर बाेलेकी उनी भावुक हुँदै रोएकी हुन् ।

नागरिक बचाऊ अभियानका संरक्षक दुर्गा प्रसाईंले ‘छोराको लाससँग सांसद पद साट्ने’ अभिव्यक्ति दिएपछि जेनजी शहीदकी आमा खतिवडा संसदमा भावुक हुँदै रोएकी हुन्।

‘म मेरो छोराको लासबापत सांसद भएकी हैन, जीवित छोरा फर्काइदिनुस् म सांसद् पद तत्कालै त्याग्छु, शहीद जेनजीहरूलाई न्याय दिनुहोस् मलाई सांसद पद चाँहिदैन,’ उनले भनिन् ।

खतिवडाले आफ्नो  संसद् यात्रा कुनै राजनीतिक रहर वा पदको लालचले नभई न्याय र खोजको यात्रा भएको बताइन्। उनले भनिन्, ‘मेरो काखमा हुर्केको बच्चाको ज्यान लिने शासकको तातो गोली र उसको बगेको रगतले न्याय खोज्दै म यहाँसम्म आइपुगेकी हुँ।’ उनले राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापकहरू र त्यहाँका जननीहरूसँग आफू जोडिन पुग्नुको मुख्य कारण नै न्याय भएको उल्लेख गरिन्।

उनले देशमा यत्रो ठूलो राजनीतिक परिवर्तन आएपछि पनि बाटो बिराउने वा जनतालाई सास्ती दिने पुरानै प्रवृत्ति कायमै रहेको भन्दै उनले गुनासो गरिन्। उनले थपिन्,‘यदि सरकारले बाटो बिराउँछ भने संसद्को यो रोस्टममा रहेका हरेकले खबरदारी गर्नुपर्छ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖