काठमाडौं – प्रधानमन्त्री बालेन शाह यतिबेला संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुनका लागि अमेरिका गइरहेका छन् ।
मंगलबार साँझ नेपालबाट कतार एयरको जहाजबाट दोहा हुँदै अमेरिका जाँदै गरेका प्रधानमन्त्री बालेनसवार जहाज यतिबेला मोरक्कोको समुद्रको आकाशमा उडिरहेको छ ।
कतारको दोहाबाट न्यूयोर्कका लागि कतार एयरको क्यूआर ७०३ नम्बरको जहाज अमेरिकाको बिहान ९ बजे न्यूयोर्क पुग्ने जनाइएको छ ।
दोहाबाट करिब ११ हजार ४४० किलोमिटरको दूरीमा रहेको न्यूयोर्क पुग्नका लागि उक्त जहाजलाई १४ घन्टा लाग्ने जनाइएको छ ।
दोहाबाट निर्धारित समयभन्दा २५ मिनेट ढिला उडेको जहाज न्यूयोर्क भने निर्धारित समयमै पुग्ने जनाइएको छ ।
