काठमाडौं । नेपाली क्याप्टेन सर्वजित यादवले फ्लाईदुबईको पहिलो नियमित दुबई–पोखरा उडानको नेतृत्व गरेका छन्।
यादवको नेतृत्वमा बोइङ ७३७ विमान आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। यससँगै दुबई–पोखरा–दुबई दैनिक नियमित उडान सुरु भएको छ।
अन्तर्राष्ट्रिय वायुसेवाको विमान नेपाली पाइलटको नेतृत्वमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको यो अवसर नेपाली हवाई क्षेत्रका लागि विशेष मानिएको छ।
लहानमा बाल्यकालदेखि नै पाइलट बन्ने सपना बोकेका यादवले अन्तर्राष्ट्रिय वायुसेवाका क्याप्टेन बनेर आफ्नो लक्ष्य पूरा गरेका छन्।
उनको यो यात्राले नेपाली युवालाई आफ्नो लक्ष्यप्रति निरन्तर मेहनत गर्न प्रेरणा दिने अपेक्षा गरिएको छ।
