काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउन प्रस्ताव गरेको छ।
बैठकले भण्डारीलाई अध्यक्षपछि **दोस्रो वरियतामा** राख्ने प्रस्ताव गरेको हो।
सचिवालयको प्रस्ताव अब जारी केन्द्रीय कमिटी बैठकमा पेस गरिनेछ। केन्द्रीय कमिटीले प्रस्ताव अनुमोदन गर्नेछ।
